२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • पर्रोहा बोलबम धाममा यो वर्ष पनि जलार्पण यात्रा

    सैनमैना– रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङग बोलबम धाममा यो वर्ष पनि श्रावणी मेला तथा जलार्पण यात्रा हुँदै छ। बोलबम धाममा यहि असार १८ गते गुरु पूर्णिमाको दिनबाट जलार्पण यात्रा सुरु भएको छ। जलार्पण यात्राको उद्घाटनसँगै सो दिन बोलबम यात्रीहरु कपिलबस्तुको बाणगंगा लक्ष्मण घाट गइ १९ गते त्यहाँको जल लिएर आइ पर्रोहा बोलबम धाममा जलार्पण गरिएको थियो।

    यही असार ३० गते अर्को जलार्पण कार्यक्रम राखिएको बोलबम धाममा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। सो दिन सैनामैना नगरपालिका वडा नम्बर ३ मा रहेको कालिरहबाट जल ल्याइ बोलबम धाममा अर्पण गरिने सालिग्राम भण्डारीले जानकारी दिए।

    त्यसै गरि साउन ११ देखी १४ गतेसम्म नवलपरासीको त्रिवेणी धामबाट पैदलयात्रा गर जलार्पण कार्यक्रम राखिएको उनले बताए। साउन २६ गते रिडी र भाद्र ९ गते देवघाट धामबाट सवारी साधन मार्फत गंगाजल ल्याइ बोलबाम धाममा जलार्पण गरिने पत्रकार सम्मेलनमा बताइएको थियो।

    यो वर्ष साउन महिनामा मलमास परेको छ। बोलबम धामका पुजा संयोजक पण्डीत विष्णुप्रसाद ज्ञवालीले मलमासमा अन्य विभिन्न कार्यहरुमा रोक लगाएको भएपनि परंरागत ब्रत, जप, पुजा, यात्रालाई निरन्तर राख्न मिल्ने बताए। त्यसैले शास्त्रीय बचनलाई आधार मानेर बोलबममा यात्रा र जलार्पण कार्यक्रम हुने उनको भनाइ छ।

    धामका अध्यक्ष रामबली चौधरीले जलार्पण कार्यक्रमको लागि विभिन्न समिति र उपसमितिहरु बनाइएको जानकारी दिए। उनले यात्रा ब्यवस्थापन समितीले बोलबम यात्रीहरुलाई विभिन्न तिर्थस्थलमा पुर्याउने र ल्याउने ब्यवस्थापन गरिएको बताए।

    बोलबम धामको मुख्य मन्दिर अहिले पुनर्निमाण गरिँदै छ। धामका महासचिव प्रेमलाल भुसालले पुनः निर्माणधिन बोलबम मूल मन्दीरको निर्माणकार्य लगभग सम्प्पन हुन लागेको र अब को एक दुई महिना भित्र पूर्ण रूपले सम्पपन हुने जानकारी दिए।