२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • सम्पदाहरु फाइभस्टार होटल जस्तो नभई सस्कृति र प्रकृतिमैत्री हुनुपर्छ : पर्यटनमन्त्री

    लुम्बिनी विकास कोषको परिषद बैठक

    लुम्बिनी – संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले विदेशीहरुको नक्कल गर्दा सम्पदा क्षेत्रहरु फाइभस्टार होटल जस्तो बन्न लागेको बताएका छन्। उनले ति सम्पदाहरुलाई पार्क र फाइभस्टार होटल जस्तो नभई मौलिक रुपमा संरक्षण गर्नुपर्ने उल्लेख गरे। लुम्बिनी विकास कोषको परिषद बैठकलाई सम्बोधन गर्दै मन्त्री किराँतीले पुर्खाहरुले जोगाएको सम्पदाहरुलाई मौलिक रुपमा नै संरक्षण गनुपर्ने बताएका हुन।

    कोषका अध्यक्ष समेत रहेका किराँतीले सम्पदाहरुलाई सँस्कृती र प्रकृतीमैत्री रुपमा विकास गर्नुपर्ने उल्लेख गरे । पुर्खाले छाडेर गएका सम्पदाहरुको खोजी गरेर सम्पदालाई सम्पदाकै रुपमा विकास गर्ने नीति सरकारले लिने मन्त्री किराँतीको भनाइ छ।
    उनले लुम्बिनीलाई विश्वशान्तिको रुपमा विकास गर्ने गरि नयाँ योजनाका साथ काम गर्ने प्रतिबद्धता जनाए। मन्त्रालय समालेको ६ महिनामा लुम्बिनीमा जति ध्यान दिनुपर्ने त्यति दिन नसकेको किराँतीले स्वीकार गरे।

    ६ महिनाको अनुभवले ऐन नियमहरुलाई समयअनुकल बनाउन पुर्नलेखन र संसोधन गर्ने, मन्त्रालय मातहत रहेका ऐन कानुन संघीय लोकतान्त्रिक गणतन्त्रलाई बोक्न सक्ने गरि संशोधन गर्ने, मन्त्रालय मातहतका विभागहरुमा देखिनेगरि परिणाममुखी काम गर्ने र आधारभूत रुपमा भएका कामहरुको मसिनो गरि फलोअप गर्ने उनले जानकारी दिए।

    संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला श्रीपाली ठकुरीले बुद्धजन्मस्थल लुम्बिनीलाई सुगन्धको रुपमा विश्वसामू चिनाउनुपर्ने बताइन्। उनले लुम्बिनी पवित्र स्थलका रुपमा विकास गर्नका लागि सबैपक्षलाई समेटेर अगाडि बढ्न सुझाव दिइन।

    लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयले कोषमा रहेका विभिन्न नीतिगत समस्याहरु हल भएको र गुरुयोजनाका कामहरु पूरा हुने चरणमा रहेको जानकारी दिए। उनले विगतलाई फर्केर हेर्दा लुम्बिनीमा गुरुयोजना निर्माणदेखि राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा राम्रो काम गरेको बताए। उनले गुरुयोजनाको काम अबको ३ बर्षमा सम्पन्न हुने र त्यसका लागि ३ अर्ब बजेट आवश्यक पर्ने उल्लेख गरे।

    कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले स्वागत गर्दै परिषद बैठकलाई नीतिगत छलफलको थलोका रुपमा अगाडि बढाउने अभ्यास गरिएको बताए परिषद बैठकले आर्थिक वर्ष ०८०/०८१ को नीति कार्यक्रम तथा बजेट र अन्य विभिन्न प्रस्तावमाथि छलफल गरि निर्णय गर्ने सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। बैठकमा लुम्बिनी विकास कोषका पदाधिकारी, कार्यकारिणी सदस्य, परिषद सदस्यहरुको सहभागिता रहेको छ।