२०८१ आश्विन २१ गते, सोमबार ११:११
  • पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना

    पनौती -काभ्रेपलाञ्चोकको पनौतीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ। ‘पनौती पर्यटन विकास केन्द्र’ले आफ्नो १५ औं स्थापना दिवसको अवसरमा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याएको हो ।

    केन्द्रको शुभारम्भ गर्दै बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले पर्यर्यटक सूचना केन्द्रले पनौतीलाई विश्वसामु चिनाउनको लागि मद्दत गर्ने बताए । कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्य, केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यलगायतले पनौतीलाई सांस्कृतिक नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाए।

    पनौती नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा सूचना केन्द्र बनाइएको हो। पनौती घुम्न आउने पर्यटकलाई सहज ढङ्गमा आँफूहरुले सूचना दिने केन्द्रका पूर्व अध्यक्ष जयराम मानन्धरले बताए । शुभारम्भ अघि बाजाबागाजाका साथ र्यालीले नगर परिक्रमा गरेको थियो ।