२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:००
  • पाँचतारे टाइगर प्यालेस विक्रि, अमेरिकामा रहेका बुद्धि सुवेदीको समूहले किन्यो

    बुटवल– रुपन्देहीको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्ट विक्री भएको छ। अमेरिकामा व्यवसाय गर्दै आएका गैर आवासीय नेपाली बुद्धि सुवेदी सहितका व्यवसायी मिलेर पाँचतारे टाइगर प्यालेस खरिद गरेका हुन्। रिसोर्ट ५ अर्ब रुपैयाँमा खरिद विक्रि भएको बताइएको छ।

    बुद्धि सुवेदी गैर आवसीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष हुन्। उनी अध्यक्ष रहेको नेपोलियन टाइगर इन्भेष्टमेन्ट (एलएलसी)ले टाइगर प्यालेस किनेको छ। एसएलसी कम्पनीमा गैरआवसीय नेपाली संघका एक जना बर्तमान अध्यक्ष कुल आचार्य लगायतको लगानी छ।

    सुवेदीको समूहले झण्डै ६ महिनादेखि होटल किन्ने छलफलमा अघि बढाएको थियो। नेपालमा मुद्दा भएकोले होटल किनबेच भने देशबाहिर भएको हो। खरिदकर्ता समूहले रिसोर्टमा रहेको हालको ऋण सकार्ने गरी सहमति गरेको छ। १७ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा १ सय ५ कोठा र क्यासिनो समेत सञ्चालनमा छ। विवादकै कारण लामो समयदेखि लगानीकर्ताले रिसोर्ट बेचेर नेपालबाट बाहिरिन खोजेको थियो। तर, पटक–पटक भएको डिल भङ्ग हुँदै आएको थियो।