२०८१ आश्विन २१ गते, सोमबार १३:१०
  • अक्टोवरमा जजिराले भैरहवाबाट फेरी उडान थाल्दै

    भैरहवा-कुबेतको जजिरा एयरवेजले भैरहवाबाट फेरी उडान थाल्ने तयारी गरेको छ। पटक– पटक उडान स्थगित गर्दै आएको जजिराले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्टोवर ३० देखि उडान थाल्ने तयारी गरेको छ।

    विन्टर सिजनमा फेरी उडानलाई निरन्तरता दिने भनेर जजिराले नागरिक उड्यन प्राधिकरणमा स्वीकृतको लागि पठाएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धन हंसराज पाण्डेले बताए। ‘समर सेडुलमा उसले स्थगन गरेको थियो। विन्टर सिजनमा फेरि निरन्तरता दिने भनेर स्वीकृतको लागि पठाएको हामीलाई जानकारी आएको छ।’ उनले भने ‘स्वीकृत मागेपछि उडान गर्नकै लागि होला।’

    उडानको समर सेडुल अक्टोवरमा सकिन्छ। अक्टोवर ३१ देखि ६ महिना विन्टरको तालिका हुन्छ। विन्टरको सेड्युलको लागि जजिराले स्वीकृती मागेको हो। १५ महिना अघि गौतमबुद्ध विमानस्थल उद्घाटन भएसँगै जजिराले उडान सुरु गरेको हो। विभिन्न कारण देखाउँदै विचमा २ पटक उडान स्थगित गरेको छ। पछिल्लो पटक व्यवसायीक कारण देखाउँदै जेठबाट उडान रोकेको छ। यसअघि जजिराले प्रत्येक हप्ता सोमबार, बुधबार र शुक्रबार कुबेत भैरहवा उडान गर्दै आएको थियो। अब पनि सोहि तालिकामा उडान गर्ने छ।