२०८१ आश्विन २१ गते, सोमबार १५:१५
  • शरद ऋतुमा हिमाल चढ्न ३३९ जनाले लिए अनुमति

    काठमाडौँ-शरद ऋतुमा हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका छन्। पर्यटन विभागकाअनुसार गत शुक्रबारसम्म विभिन्न १० वटा हिमाल आरोहणका लागि तीन सय ३९ जनाले अनुमति लिएका हुन्।

    कुल २६ समूहमार्फत् दुई सय ३६ जना पुरूष र ६५ जनाले महिलाले आरोहण अनुमति लिएको विभागले जनाएको छ। जसमध्ये सबैभन्दा बढी तीन सय एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन्। त्यस्तै १० जनाले धौलागिरी चढ्न अनुमति लिएका छन्।

    त्यस्तै क्रमशस् अन्नपूर्णका लागि चार, मकालुका लागि चार, थापा पिक (धम्पुस)का लागि दुई, नेम्जुङका लागि दुई, हिमलुङ्ग हिमाल दुई, कुम्भकर्णका लागि दुई, पुथा हिमचुलीका लागि दुई र रक्सा उराइ हिमाल चढ्नका लागि दुई जनाले अनुमति लिएका हुन्। जसबाट तीन करोड ६४ लाख ९९ हजार रूपैयाँ रोयल्टी संकलन भएको छ।