२०८१ आश्विन २१ गते, सोमबार ०९:०८
  • लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बनीदेखी कुशिनगरसम्म तीनदिने साइकिल यात्रा सुरु भएको छ । बौद्ध परिपथ साईकल यात्रा संयोजन समितिको आयोजनामा गौतमबुद्धको सन्देश सहित शुक्रबारदेखि साईकल यात्रा शुरु भएको हो।
    साईकल यात्राको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी) र कोषाध्यक्ष सिद्धिचरण भट्टराईले शुुभारम्भ गरे ।

    कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले बुुद्धले आफ्नो जीवनकालमा लामो यात्रा गरेको प्रसंग उल्लेख गर्दै बुद्ध स्थल हुँदै गरिने साईकल यात्राले बुद्ध सन्देश दिने विश्वास व्यक्त गरे ।

    साईकल पर्यावरणमैत्री र स्वास्थ्यका हिसाबले उपयुुक्त हुने भएकाले लुम्बिनीमा पनि यसको प्रयोग बढाउने गरि योजना बनाउने उपाध्यक्ष मैत्तयले प्रतिबद्धता जनाए ।
    साईकल अभियानकर्मी, बौद्धमार्गी एंव भारतको अनाहदी यात्राका गरि ७० जनाको टोलीले शुक्रबारदेखि आईतबारसम्म तीन दिन साईकलमा यात्रा गर्ने संयोजक उषा तितिक्षुुले जानकारी दिईन । पञ्चशिल पालना गर्दै हरेक दिन ध्यान, साधना सहित जन्मस्थाल लुम्बिनीबाट शुरु भएको यात्रा मावली देवदह, रामग्राम हुँदै कुशिनगरमा पुुगेर समापन गरिने उनको भनाइ छ ।
    नेपाल साईकल सोसाईटीका अध्यक्ष रत्न श्रेष्ठले बुुद्धको जन्मस्थानबाट बौद्ध परिपथ साईकल यात्रा शुरु गर्न पाएकोमा खुशि व्यक्त गर्दै लुम्बिनीमा पनि साईकलबाट भ्रमण गर्ने व्यवस्था मिलाउन माग गरे ।

    प्राध्यापक डा। तारालाल श्रेष्ठ, भारतीय पत्रकार पुुष्पराज शास्त्रीले साईकल यात्राहरु अन्य बेलामा पनि भएको तर बौद्धपरिपथमा ध्यान र साधना सहितको पहिलो साईकल यात्रा भएकाले उत्साही भएको बताए ।

    पहिलो दिनको साइकिल यात्रीहरु अन्तर्गत शुुक्रबार भैरहवा हुँदै, देवदह र रामग्रामसम्म पुग्ने छन् । दोस्रो दिन शनिबार रामग्रामबाट महेशपुर नाका हुँदै भारतको महाराजगञ्जमा पुुगेर बास बस्ने र तेस्रो दिन आईतबार महारजगञ्जबाट कुशिनगरमा पुुगेर समापन गरिने कार्यतालिका रहेको छ ।