२०८१ आश्विन २१ गते, सोमबार १३:१५
  • कामीरिताले २७औँ पटक सगरमाथा चढेर यस अघिको आफ्नै रेकर्ड तोडे

    काठमाडौँ -कामीरिता शेर्पाले २७औँ पटक सर्वोच्च शिखर सगरमाथा चढेर यस अघिको आफ्नै विश्वकीर्तिमान तोडेका छन् । बुधबार बिहान साढे ८ बजे उनी सगरमाथाको चुचुरोमा पुगेका थिए । शेर्पाले यसअघि आफ्नै २६ पटकको रेकर्ड तोडेका हुन् ।

    कामीरिताको विश्वकीर्तिमान कायमसँगै यो याममा हालसम्म एक सयभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेका छन् ।
    पर्यटन विभागका निर्देशक युवराज खतिवडाले कामीरिता शेर्पाले सगरमाथा आरोहणमा विश्वकीर्तिमान बनाएको बताए । उनका अनुसार करिब एक सय आरोही सगरमाथाको चुचुरोमा पुगिसकेका छन् भने आज थप एक सय आरोही चुचुरोमा पुग्ने अनुमान छ ।
    कामीरिताले सगरमाथाको २७औँ पटक आरोहण गरेर विश्वलाई सकारात्मक सन्देश दिएको उनले बताए । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामिरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, ती पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ३९ पटक विश्वका अग्ला हिमालको आरोहण गरिसकेका छन् ।