२०८१ आश्विन २१ गते, सोमबार १३:१४
  • पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढ्यो

    पोखरा -पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । हालसम्म प्रतिउडान ८ हजार ५ सय शुल्क तिर्दै आएकामा अबदेखि १२ हजार सुल्क तोकिएको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।

    संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको जानकारी दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनले बताए।

    पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ। यही कारणले खर्च बढेको भट्टराईले बताए ।

    अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रति उडानको छ हजार हाराहारीमा प्राप्त गर्ने नाका पूर्वउपाध्यक्ष सोभित बानियाँले बताए । पाइलटले पहिले तीन हजार नौ सय पाउँथे ।’ नेपाल हवाई खेलकुद संस्थामा ६० प्याराग्लाइडिङ कम्पनी आबद्ध छन् ।
    तीमध्ये ५२ चालु अवस्थामा रहेको अध्यक्ष भट्टराईले जानकारी दिए ।