२०८१ आश्विन २१ गते, सोमबार ०९:०५
  • पर्यटन प्रवर्द्धनका लागि १३ साइकलयात्रीद्वारा मेची महाकाली यात्रा सुरु

    झापा-पर्यटन प्रवर्द्धनका लागि १३ जना साइकलयात्रीले मेची महाकाली यात्रा सुरु गरेका छन्। शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट उनीहरुले साइकल यात्रा सुरु गरेका हुन्। मकवानपुरको हिमालयन राइडर्स् सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ। मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले साइकलयात्रीहरुलाई खादा र अबिर लगाएर विदाइ गरेका थिए।

    सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए। नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको उनको भनाइ छ। साइकलयात्रामा हेटौडाका ११ जना र बुटवलका २ जना सहभागी छन्।