२०८१ आश्विन २१ गते, सोमबार ०९:१७
  • मेची-महाकाली साइकल यात्राको टोली बुटवलमा


    बुटवल– मेची महाकाली साइकल यात्राको टोली बुटवल आइपुगेको छ। कार्तिक ११ गते मेची पुलबाट साइकल यात्रा सुरु गरेका उनीहरु पाँचौ दिन विहिवार साँझ बुटवल आइपुगेका हुन्।

    साईकल कल्चर विकाससंगै स्वस्थ्य र पर्यटन जोड्ने उदेश्यका साथ हिमालयन राइडर्स सोसाइटीको आयोजनमा हेटौंडाका ११ जना र बुटवलका २ जना साइकल यात्रामा छन्। बुटवलको राजमार्ग चौराहमा साइकलयात्रीहरुलाई वरिष्ठ पत्रकार महेन्द्र थापा, साईकलप्रेमी राजु तिवारी, अभिषेक भारीसहित ब्यवसायीक संस्थाहरुले स्वागत गरेका थिए।

    साइकल सस्कृतीलाई प्रोत्साहनसंगै पर्यटन प्रवद्र्धनको लागि यो मेचीमहाकाली यात्रा गरिएको पत्रकार समेत रहेका साइकलयात्री भानुभक्त आचार्यले बताए। साइकल यात्राको टोली शुक्रबार विहान सैनामैनाको कार्यक्रममा सहभागी हुँदै पश्चिम लाग्ने छ।