२०८१ आश्विन २१ गते, सोमबार ०७:०९
  • रुपन्देही भारतीय पर्यटकको लागि राम्रो सम्भावना भएको ठाउँ हो : चन्द्र ढकाल


    बुटवल– नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले रुपन्देही र आसपास राम्रो सम्भावना बोकेको ठाउँ भएको बताएका छन्। बुटवल उद्योग बाणिज्य संघको ७१ औं साधारणसभाको अवसरमा बोल्दै उनले यो ठाउँ पर्यटनमा राम्रो भविश्य भएको उल्लेख गरे। ‘म दुबै तर्फका केबलकारमा गएर हेरें। आइतबारको तथ्यांक हेर्दा नेपाली पर्यटक भन्दा भारतीय पर्यटक धेरै भएको पाएँ।’ उनले भने ‘यसको मतलब आउने दिनमा भारतीय पर्यटकको लागि बुटवल र यो क्षेत्र नै साँच्चीकै हामीले सोँचेको भन्दा धेरै राम्रो हुने मैले महसुस गरेँ।’

    ढकालले भारतीय पर्यटकको लागि सहज वातावरण बनाइदिन समेत सरकारलाई आग्रह गरे। साधारण सभामा प्रमुख अतिथीको रुपमा सहभागी विष्णु पौडेललाई उनले पर्यटकहरुलाई सहज रुपमा घुम्ने अवस्था सिर्जना गर्नुपर्ने बताए। ‘हाम्रो पर्यटन क्षेत्रमा काम गर्ने साथीहरुले के भन्नुभयो भने बोर्डरबाट भैरहवासम्म आउने पर्यटकले त्यो दिनको शुल्क नतिर्नुपर्ने रहिछ। तर त्यहाँबाट उत्तर लाग्दा शुल्क तिर्नुपर्ने रहिछ।’ उनले भने ‘मैले माननिय उपप्रधानमन्त्रीलाई के भन्ने चाहान्छु भने कम्तीमा रुपन्देही भरको लागि त्यो शुल्क हटाउन सक्यो भने यो एरियाको पर्यटकीय गतिविधि धेरै बढ्ने देखेको छु ।

    रुपन्देही र समग्र लुम्बिनी प्रदेश लगानी कर्ताको लागि पर्यप्त सम्भावना भएको ठाउँ रहेको ढकालको भनाइ छ । लुम्बिनी प्रदेशको जस्तो सम्भावना कुनै प्रदेशमा नभएको उनले बताए।