२०८२ फाल्गुन २३ गते, शनिबार १३:१५
  • बीआइटीएम अन्तर्राष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवर्धन गर्न महत्वपूर्ण: मुख्यमन्त्री


    भैरहवा-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धिष्ट इन्टरनेश्नल ट्राभल मार्ट विश्व बजारमा बौद्ध पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भएको बताएका छन्। यो मेलाले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने उनले उल्लेख गरे। शुक्रबार काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिष्ट इन्टर नेश्नल ट्राभल मार्ट बीआइटीएम आइतबार लुम्बिनीमा समापन भएको हो।

    समापन कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि ’लुम्बिनी पर्यटन सर्किट’ को अवधारणा अघि बढाएको भन्दै यो मेलाले लुम्बिनीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको बताए।
    लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको भन्दै आचार्यले लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको जानकारी जानकारी दिए।

    उनले बीआईटीएमको सन्दर्भमा भारत, चीन, श्रीलंका, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, भुटान, म्यानमार, सिंगापुर, नेदरल्यान्ड्स लगायतका मुलुकबाट आएका ट्राभल एजेन्टहरू तथा बीबीसी, अलजजिरा, सीसीटीभी, एएफपी, रिउटर, नेशनल जियोग्राफिकजस्ता सञ्चारमाध्यमका प्रतिनिधिहरूप्रति विशेष धन्यवाद व्यक्त गरे।

    नेपाल पर्यटन व्यवसायी संघ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोष लगायतका निकायहरूको सहकार्यमा यात्राको आयोजना गरिएको थियो