२०८३ श्रावण १६ गते, शनिबार ०२:२८
  • ‘लुम्बिनी आरोग्य पर्यटनको उत्कृष्ठ गन्तव्य बन्न सक्छ’

    बुटवल बुद्ध जन्मस्थल लुम्बिनीलाई आरोग्य पर्यटन उत्कृष्ठ गन्तव्य रुपमा विकास गर्न सकिने कार्यक्रममा बताइएको छ । उनीहरुले लुम्बिनीमा अध्यात्मीक वातावरण निर्माण गरि आरोग्य पर्यटनलाई अगाडि बढाउनुपर्ने धारणा राखेका थिए। नेपाल नेपाल पर्यटन बोडको एटिपी परियोजनाको सहकार्यमा लुम्बिनी होटल संघले आयोजना गरेको कार्यक्रमा सहभागी पर्यटन विज्ञ तथा सरोकारवालाहरुले अरोग्य पर्यटनको वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र र स्थानियको सामुहिक पहल आवश्यक रहेको धारणा व्यक्त गरे।

    कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले लुम्बिनीलाई अध्यात्मिक आरोग्य हब बनाउने गरि मन्त्रालय अघि बढेको जानकारी दिइन्। आरोग्य हवको लागि पहिले स्थानिय समुदायलाई नै बुद्ध दर्शनप्रति आस्थावान बनाउनुपर्ने उनको भनाइ छ। लुम्बिनीमा रहँदा मात्र नभइ भैरहवाबाट लुम्बिनी आउँदा समेत आरोग्यताको अनुभव हुनुपर्ने घिमिरेको भनाइ छ। उनले सरकार, स्थानिय तह, निजी क्षेत्रलाई स्वीकार्य गर्ने गरि अध्यात्मकीक योजना बनाउनुपर्ने उनले उल्लेख गरिन।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले अध्यात्मीक वातावरण बनाउन आफूहरुले प्रयार गरिरहेको बताइन्। त्यसको लागि लुम्बिनी विकास कोष र संघिय सरकारको पनि सहयोग हुनुपर्ने धारणा राखीन। प्रदेश सरकार अन्तर्गतको पर्यटन विकास परिषदकी कार्यकारी निर्देशक सारदा अचार्य बस्यालले आरोग्य पर्यटन हबको लागि सबैको सहकार्यमा ठोस कार्ययोजना बनाउनुपर्ने बताइन्।
    नेपाल पर्यटन बोर्डका एसटिपी परियोजना प्रमुख धर्म दवाडिले लुम्बिनीलाई वेलनेश पर्यटनसँग जोडेर कार्यक्रम ल्याएको बताए। बोर्डका अधिकृत लक्ष्मण गौतमले अरोग्य पर्यटनका आयामबारे जानकारी प्रस्तुती दिएका थिए। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयकी अधिकृत करुणा आचार्यले मन्त्रालयले आरोग्य पर्यटनको रणनीति ल्याएको बताएकी थिइन्।

    लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष भिक्षु मैत्तेयले बुद्ध जन्मस्थलमा अध्यात्मीक वातावरण निर्माण गर्न सके ठूलो संख्यामा बौद्धमार्गी पर्यटक आकर्षित गर्न सकिने उल्लेख गरे। कोषका बरिष्ठ अधिकृत डा.हरिध्वज राइले पर्यटक भएर यात्रा गर्दा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त भयो भने आरोग्य पर्यटनको उपलब्धी हुने उल्लेख गरे। वरिष्ठ पुरातत्वविद बसन्त विडारीले आरोग्य पर्यटनको लागि लुम्बिनी महत्वपूर्ण केन्द्र हुन सक्ने बताए।

    लुम्बिनी होटल संघका अध्यक्ष लिलामणी शर्मा, सिद्धार्थ होटल एशोसिएनका अध्यक्ष सीपी श्रेष्ठ, नाट्टा लुम्बिनीका अध्यक्ष चन्द्र थापा, पर्यटन व्यवसायी किशोर जोशी, पुरुषोत्तम अर्यालले लुम्बिनीलाई आरोग्य पर्यटन हबको रुपमा विकास गर्न निजी क्षेत्रले पनि सहयोग गर्न तयार रहेको बताएका थिए। कार्यक्रममा सहभागीहरुले लुम्बिनी परिसरको वातावरण अध्यात्मिक हुनुपर्ने, बाहिरको बजार क्षेत्र सुन्दर हुनुपर्ने, पर्यटकलाई दुख दिने प्रवृत्ती हुन नहुने, लुम्बिनीको अध्यात्मीकसँगै प्राकृतिक रुपमा पनि मनोरम हुनुपर्ने धारणा राखेका थिए।