
तानसेन – पाल्पा होटल तथा रेष्टुरेन्ट रेष्टुरेन्ट व्यवसायी संघको सातौ साधारणशभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेसनले टंकनाथ घिमिरेको अध्यक्षतामा १८ सदस्यीय समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ।
जसको वरिष्ठ उपाध्यक्षमा अमनप्रसाद श्रेष्ठ, उपाध्यक्षमा शुसिल नेपाल, महिला उपाध्यक्षमा रन्जना अर्याल, महासचिवमा कमलप्रसाद पान्डे, सचिवमा धिरेन प्रधान, कोषाध्यक्षमा माधवप्रसाद पान्डे र सहकोषाध्यक्षमा रामप्रसाद खनाल निर्वाचित भएका हुन्। सदस्यमा वरिष्ठ सदस्य अशोक महर्जन, श्रवण कुमार श्रेष्ठ, रविन्द्र वज्ज्राचार्य, निरज मल्ल, अस्मिता पंगेनी, विण्णु माया घिमिरे, अर्जुन वहादुर पान्डे क्षेत्री, निसव गुप्ता र कमल पान्डे चयन भएका छन् । जयराम सापकोटालाई प्रेश सल्लाहकारको रुपमा सर्वसम्मत मनोनयन गरिएको छ।
त्यसअघि अधिवेसनको उद्घाटन गर्दै लुम्बिनीका प्रदेश सांसद विर वहादुर रानाले पाल्पाको पर्यटकीय विकासमा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने बताएका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, तानसेन नगर प्रमुख शन्तोषलाल श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष समिरमान सिंह, व्यापार संघका अध्यक्ष विण्णु कार्की, मदिरा व्यवसायी संघका अध्यक्ष लक्ष्मण रेग्मी, पत्रकार महासंघका अध्यक्ष कमलराज तिमल्सिना, प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराई र नाटा च्याप्टरका अध्यक्ष राजिव साह लगायतले आआफ्नो भनाई राखेका थिए।
कार्यक्रममा अध्यक्ष लक्ष्मण वस्यालले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। महासचिव जयराम सापकोटाले आयव्यय सहितको आर्थिक प्रतिवेदन पेस गरेका थिए। नवनिर्वाचित सदस्य तथा पदाधिकारि हरुलाई निर्वाचन आयुक्त शिव प्रसाद देवकोटाले सपथग्रहण गराएका थिए।

