२०८३ कार्तिक १३ गते, बिहीबार ११:०५
  • बसन्तपुरमा पाँचतारे लक्जरी होटेल बन्दै, लुम्बिनी केबलकारमा २९ प्रतिसत भारतीय पर्यटक

    बुटवल– लुम्बिनी केबलकार लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले केबलकारको टप स्टेसन बसन्तपुरलाई अन्तर्राष्ट्रिय पर्यटकीय हब बनाउने योजना अघि सारेको छ। ५ तारे लक्जरी होटलसहितका पूर्वाधार बनाइने साधारणसभामा लुम्बिनी केबलकार लिमिटेडका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए।

    पाँचतारे क्यासिनोसहितको लक्जरी होटेल, रोलर कोस्टर, जिरो ग्राभिटी राइड जस्ता आधुनिक मनोरञ्जनात्मक साहसिक पूर्वाधार थप गर्दै यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय हब बनाउने हाम्रो अभियान निरन्तर जारी छ। ‘आगामी दिनमा वसन्तपुर डाँडा (टप स्टेसन) मा पाँचतारे क्यासिनोसहितको लक्जरी होटेल, रोलर कोस्टर, जिरो ग्राभिटी राइड जस्ता आधुनिक मनोरञ्जनात्मक साहसिक पूर्वाधार थप गर्दै यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय हब बनाउने हाम्रो अभियान निरन्तर जारी छ।’ ढकालले भने।

    विभिन्न चुनौती र प्रतिकूल परिस्थितिका बाबजुद पनि आर्थिक वर्ष २०८२/८३ मा पर्यटक आगमनमा वृद्धि भएको साधारण सभामा बताइएको थियो। ‘भारतीय पर्यटकको सङ्ख्यामा २४ प्रतिशतले बढोत्तरी हुनु हाम्रो लागि अत्यन्तै उत्साहजनक उपलब्धि हो। हाल कूल यात्रुमध्ये २९% हिस्सा भारतीय पर्यटकले ओगटेका छन्।’ ढकालले भने। साधारण सभाले लुम्बिनी केबलकारको यात्रामा साथ दिने शेयरधनी, स्थानीय समुदाय, पाहुनाहरू, कर्मचारी तथा समस्त शुभेच्छुकहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।