२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • दाङको राजापुरमा चैत्र ४ गतेबाट होमस्टे महोत्सव हुँदै

    दाङ-दाङमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ। दाङको राजपुर गाउँपालिका–१, कठबेरुवामा चैत ४ गतेदेखि होम स्टे महोत्सव हुन लागेको हो। चौधरी, मगर, गुरुङ लगायत अन्य समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक, स्थानिय समुदायको खानपान, भेषभूषा, सिपकला, प्राकृतिक सम्पदाको सदुपयोग एवम् जगेर्ना गर्ने उद्देश्यले होम स्टे महोत्सव आयोजना गर्न लागिएको स्थानिय समाजसेवी तथा राजापुर १ का वडाध्यक्ष सुर्य चौधरीले जानकारी दिए। महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट सहभागी होमस्टेकर्मीहरुले आ–आफ्नो उत्पादन र स्थानीय परिकार साथै खानपिन होमस्टे महोत्सवका मुख्य आकर्षण रहने छ।

    २०७८ सालदेखि कठबेरुवामा माररिखोला समुदायक होमस्टे , ॐ शिव शक्ति सामुदायिक होमस्टे , चौधरी सामुदायिक होमस्टे , गुरुङ खोला मगर सामुदायिक होमस्टे , रसरिखोला सामुदायिक होमस्टेहरु सञ्चालन हुँदै आएको छ। होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा ओझेलमा परेको छ। त्यसैले आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन महोत्सव आयोजना गर्न लागिएको होम स्टे महासंघ नेपालका केन्द्रीय महासचिव कृष्ण चौधरीले जानकारी दिए। दाङ प्रदेशको राजधानी पनि भएको र होम स्टे मार्फत यहाँको पर्यटन प्रवद्र्धनको लागि महोत्सवको आयोजना हुन लागेको उनले बताए।