२०८१ आश्विन २१ गते, सोमबार ११:००
  • नेपाल विश्वकै अध्यात्मीक पर्यटनको केन्द्र बन्न सक्छ : प्रधानमन्त्री


    लुम्बिनी -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै अध्यात्मीक पर्यटनको केन्द्र बनाउन सकिने बताएका छन्। लुम्बिनीमा भएको विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवको समापन समारोहमा प्रचण्डले अध्यात्मिक पर्यटकीय केन्द्रको आँफूले प्रसस्त सम्भावना देखेको सुनाए।

    यसबाट देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्वसमुदाय माझ नेपाल शान्तिपूर्ण विश्वबन्धुत्वको पक्षमा रहेको सन्देश दिन सकिने प्रचण्डको भनाइ छ। ७ दिनको कार्यक्रमले नयाँ जागरणको माध्यमबाट हरेक क्षेत्रमा जनशक्तीको उत्प्रेरणामा अभिबृद्धि स्वअनुशासन सदाचार नैतिकता प्रवद्र्धन गर्न सघाउ पुयाएको उनले बताए।

    युद्धको कमाण्डर निकै ठूलो साम्राज्य खडा गर्ने अशोकाले झण्डै ३ सय वर्षपछि लुम्बिनी आएर अशोक स्तम्भ गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले बुद्धका शिक्षालाई विश्वव्यापी बनाउने ठूलो योगदान भएको उल्लेख गरे। आँफूलाई पनि युद्धको नेतृत्व र त्यसपछि शान्तिको नेतृत्व गर्ने अवसर प्राप्त भएको प्रचण्डले बताए।