२०८१ आश्विन २१ गते, सोमबार ०९:१०
  • बन्दीपुरमा सञ्चालनमा आयो केबलकार, तीन सय ८० रुपैयाँमा चढ्न पाइने

    दमौली – तनहुँको बन्दीपुरमा केवलकार सञ्चालनमा आएको छ। बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडले केबलकार सञ्चालनमा ल्याएको हो। बैशाख १ गतेबाट आंसिक रुपमा सञ्चालनमा आएको केबलकार अन्तराष्ट्रिय प्रबिधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त गरेसंगै व्यावसायिक रुपमा केवलकार सञ्चालन सुरू गरिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

    कम्पनीले एक हप्ताको लागि ६० प्रतिशत छुटमा तीन सय ८० रुपैयाँमा केबलकारमा आवतजावत गर्न सकिने व्यवस्था गरेको उनले बताए। प्रति घण्टा पाँच सय जना यात्रु बोक्ने क्षमता रहेको यस केबलकार विभिन्न सिफ्ट गरेर बिहान ६ बजेदेखि राति ११ बजेसम्म चल्नेछ।