२०८१ आश्विन २१ गते, सोमबार ०९:१५
  • सगरमाथा क्षेत्र प्रवेश गर्दा गाउँपालिकाले लिने शुल्क बढ्यो

    सोलुखुम्बु- पर्यटकहरु सगरमाथा क्षेत्र प्रवेश गर्दा पर्यटकले गाउँपालिकालाई तिर्नुपर्ने शुल्क बढेको छ। चालु आर्थिक वर्ष २०८१र८२ बाट लागू हुने गरि खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटक शुल्क बढाएको हो ।

    यसअघि सबै पर्यटकसँग प्रतिव्यक्ति २ हजार रुपैयाँ लिने गरेकोमा अब सार्क र चीनबाहेकका देशका नागरिकसँग लिइने शुल्क ३ हजार रुपैयाँ पुर्‍याइएको छ। सार्क क्षेत्र र चिनियाँसँग लिने शुल्क भने २ हजार रुपैयाँ नै यथावत राखिएको छ।

    गाउँपालिकाको आर्थिक ऐन २०८१ को अनुसूची १३ अनुसार उक्त शूल्क कायम गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका भ्रमण गर्ने विदेशी नागरिकसँग गाउँपालिका स्थापना भएयता नै २ हजार शुल्क कायम गरिएको थियो।