२०८२ फाल्गुन २३ गते, शनिबार १०:५४
  • लुम्बिनीमा माघ १२ र १३ गते नेपाल वर्ड फेयर हुने

    लुम्बिनी बुद्ध जन्मस्थल लुम्बिनीमा माघ १२ र १३ गते तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ। पोखरा पंछी समाजको आयोजना र ग्रिन युथ लुम्बिनीको सह आयोजनामा तथा लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको सहकार्यमा बर्ड फेयर हुन लागेको हो।

    नेपालमा चरा प्रजाती, जैविक विविधता तथा महत्वपूर्ण आवासको संरक्षणबारे जनचेतना विस्तार गर्ने उदेश्यले बर्ड फेयर आयोजना गर्न लागिएको मंगलबार लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। यो कार्यक्रमले विद्यार्थी, स्थानिय समुदाय, गाइड, अनुसन्धानकर्ता, सरकारी निकाय र संरक्षण संस्थाबीच ज्ञान आदानप्रदान र सहकार्य मजबुद बनाउने आयोजक पोखरा पंछी समाजका अध्यक्ष तथा फेयर संयोजक मनशान्त घिमिरेले बताए। यस्तै पंछी पर्यटन तथा प्रकृति आधारित दिगो पर्यटनको प्रवद्र्धन गर्न कार्यक्रमले सघाउ पुर्याउने उनले जानकारी दिए।

    कार्यक्रम अघि २५ देखी ३० विद्यालयमा चरा तिनीहहरुको महत्व बासस्थान संकट हुनुको कारण र संरक्षणका प्रयास बारे जानकारी दिइने छ। त्यस्तै लुम्बिनीमा रहेका स्थानिय पथ प्रदर्शकहरुलाई चराको पहिचान सम्बन्धी तालिम दिइने घिमिरेले बताए। वर्ड फेयरमा ७ प्रकारका विषयमा बर्ड सिम्पोसियम, इ बर्ड फोरम, वर्ड व्रेन फोरम, एशियन पानीचरा गणना फोरम, सारस फोरम भल्चर फोरम लगायत रहने पत्रकार सम्मेलनमा बताइएको थियो।

    यस्तै चरा र तिनका बासस्थानका साथै जैविक विविधता एवं स्थानिय उत्पादनका प्रदर्शनि र विभिन्न चराका तस्वीर प्रदर्शनी हुने छ। प्रदर्शनी थाइ भिजिटर सेन्टर र लिटल बुद्ध परिसरमा हुने र साथै बीटुबी कार्यक्रमको पनि आयोजना हुने घिमिरेले बतए।
    ब्र्ड फेयर कार्यक्रममा पंछीविद, अनुसन्धानकर्ता, संरक्षणकर्मी तथा जैविक विविधता प्रेमिहरुको सहभागीता रहने जानकारी गराइएको छ। कार्यक्रममा करिब २ सय जनाको प्रस्तुती रहने र प्रदर्शनीको करिब ३० हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ।

    लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठले चरा सम्मेलनले लुम्बिनीको सांस्कृतिक महत्वसँगै यहाँको प्राकृतिक विशेषताको पनि उजागर हुने उल्लेख गरे। लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यबाहक प्रमुख कल्पना हरिजनले चरा सम्मेलनले लुम्बिनीको थप प्रवद्र्धन हुने बताइन्र ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीले चरा संरक्षणमा सबैले भूमिका खेल्नुपर्छ भन्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए।