२०८१ आश्विन २१ गते, सोमबार ०९:०७
  • पाल्पाको तानसेनमा भगवती जात्रा निकालियो

    तानसेन-पाल्पाको तानसेनमा विहिवार भगवती जात्रा निकालिएको छ। २ सय वर्ष अघि नेपालले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा कृष्णजन्माष्टमीको भोलिपल्ट तानसेनमा रणउजेश्वरी भगवतीको जात्रा मनाउँदै आइएको छ। रणउजेश्वरी भगवतीको जात्रा पश्चिम नेपालकै सबैभन्दा ठूलो जात्रा हो ।

    जात्रामा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तथा विभिन्न संघसंस्था र सर्वसाधारणले आ आफ्नो पहिचान झल्किने झाँकी ¥याली प्रदर्शन गरेका थिए।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी पनि जात्रा अवलोकन गर्न पाल्पा पुगेका थिए। चौधरीले भगवती जात्रा नेपाल र नेपालीको शीर उच्च पार्ने विरता र गौरवको पर्व भएको बताए।

    नेपाली फैजले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा भगवती भगवती जात्रा निकालिएको हो। विक्रम सम्बत १८७२ सालमा कर्णेल उजिरसिह थापा नेतृत्वको नेपाली सेनाले बुटवलको जितगढीमा अग्रेजलाई पराजित गरेको थियो।

    युद्धमा विजयी भए मन्दिर बनाएर सिन्दूरजात्रा गर्ने भाकल कर्णेल उजीरसिंह थापाले गरेका थिए। सोही भाकल अनुसार जीतगढीको युद्धमा विजयी भएको र जात्रा निकाल्ने प्रचलन सुरु भएको बताइन्छ।श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भाद्र कृष्ण नवमीको दिन विहिवार जात्रा निकालिएको हो।