२०८३ जेष्ठ २६ गते, मंगलवार ०३:४४
  • प्राणी शास्त्रीद्वारा पर्यापर्यटनको प्रवद्र्धनमा जोड


    कपिलवस्तु– प्राणीशास्त्रीको भेलाले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यापर्यटनको आकर्षण र सम्भावना भएको ठाउँलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने कुरामा जोड दिएको छ।नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशद्वारा पंक्षी आरक्ष जगदीशपुरमा आयोजित सेमिनर र अन्तरक्रियामा उनीहरुले यस क्षेत्रका चरा, वन्यजन्तु, सरिसृप र उभयचर संरक्षण गरी पर्यापर्यटनको आकर्षण थप्नुपर्ने बताए।

    साथै पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सक्ने हुँदा यसतर्फ ध्यान दिन पनि आग्रह गरे।कपिलवस्तु, रुपन्देही र नवलपरासीमा पर्यापर्यटनको प्रशस्त सम्भावना हुँदा स्थानीय, प्रदेश र संघीय सरकारले नीति, योजना र कार्यक्रम बनाइ लागू गर्नुपर्ने कुरामा भेलाले जोड दिइएको थियो । पर्यटन प्रवर्द्धनबाट स्थानीयका साथै राज्यले राम्रो सक्ने लिन सक्ने सहभागीहरुको भनाइ थियो।

    करिब सय जना प्राणीशास्त्रीहरु सहभागी भेलामा लुम्बिनी पर्यटन परिषद्का कार्यकारी अधिकृत रामु जोशी, चराविद् कृष्णप्रसाद भूषाल र लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन उकेशराज भुजुले कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यक्रममा

    णीशास्त्रमा उल्लेखनीय भूमिका खेलेबापत ६ जना बिशिस्ट ब्याक्तीहरुलाई सम्मान पनि गरिएको थियो ।
    सम्मान पाउनेमा त्रिभुवन विश्वबिधालय बिज्ञान तथा प्रबिधि सङकायका सायक डिन प्रा डा महेन्द्र महर्जन, प्राणीशास्त्र केन्द्रीय बिभागिय प्रमुख प्रा डा कुमार सापकोटा, ड्ब्लु डब्लु एफ का बिभागिय हेड तथा सारस क्रेन का अनुसन्धान कर्ता राजेन्द्र सुहाल लगायत रहेका छन्।

    अन्तराक्रियापछि आयोजित नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको अधिवेशनले पुनः बाबुराम बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा भेषराज चौधरी, महासचिवमा कमलकुमार शर्मा, सचिवमा अमर केशी र कोषाध्यक्षमा श्रीराम पौडेल रहेका छन्।

    सदस्यहरुमा हिराबहादुर राना, विवेक डिसी, अंकितकुमार सिंह, अब्दुल हामिक खान, विशाल आचार्य र शिवराज न्यौपाने रहेका छन्। भेलाको उद्घाटन लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीले गरेका थिए।