२०८३ कार्तिक ३ गते, सोमबार ०३:५१
  • लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त


    लुम्बिनी– लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको प्रस्तावमा गायीका तथा बौद्ध भिक्षुणी डोल्मालाई असोज १० गतेको मन्त्रीपरिषद बैठकले सो पदमा नियुक्त गरेको हो।

    लुम्बिनी विकास कोष ऐन, २०४२ को दफा ८ को उपदफा (१) को खण्ड (ख) बमोजिम आनीलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष पदको जिम्मेवारी दिइएको हो। यस पदको अवधि पाँच वर्षको हुनेछ। लुम्बिनी विकास कोष पदाधिकारीसम्बन्धी विनियमावली, २०५८ अनुसार उपाध्यक्ष लुम्बिनी विकास कोषको प्रमुख प्रशासकीय पदाधिकारीसमेत हुने व्यवस्था छ।

    सन् १९७० मा काठमाडौँमा जन्मिएकी आनी १३ वर्षकै उमेरमा शिवपुरीस्थित नागी गुम्बामा प्रवेश गरेकी थिइन्। त्यहाँ उनले बौद्ध धर्मका गुरु टुल्कु उर्गेन रिन्पोछेको मार्गदर्शनमा बौद्ध मन्त्र र धार्मिक संगीतको अध्ययन