२०८३ जेष्ठ २६ गते, मंगलवार ०५:०२
  • बुद्ध एयरले थप्यो १८ औं एटीआर जहाज

    काठमाडौं – बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज थपेको छ। कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो। यो सँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको संख्या १५ पुगेको छ। तीन थान एटीआर ४२ जहाज रहेका छन्।

    आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगमी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए। साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिने उनले बताए।

    बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरे।