२०८३ जेष्ठ २६ गते, मंगलवार ०४:०६
  • नेपाल एयरलाइन्सलाई नसुधारी विश्राम लिँदैनौं भन्ने सन्देश दिन जरुरी छ : मन्त्री पाण्डे

    काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखेको प्रष्ट पारेका छन्।

    प्रतिनिधि सभा अन्तरर्गत रहेको अन्तन्तर्राट्रय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। ‘मेरो कुनै पनि विभागीय कर्मचारीहरु मथि पूर्वाग्रह छैन। कसले नियुक्त गर्यो, कहिले गर्यो भन्दा पनि गुण र दोषका आधारमा मात्रै जवाफ खोजिरहेको छु।’ उनले भने ‘पाण्डेले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनामा कमजोरी रहेकै कारण घाटामा गएको उल्लेख गरे।’ उनले नेपाल एयरलाइन्सलाई नसुधारेर विश्राम लिँदैनौं भन्ने सन्देश दिन आवश्यक रहेकाले त्यसका लागि समिति लगायत सरोकारवाला निकायले ध्यानदिनु पर्ने समेत बताए।

    मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले समयै विमान उड्छ भन्ने सन्देश दिएको अवस्थामा पहाडी विमानस्थलमा समेत यात्रुको कमी नहुने प्रष्ट पारे। उनले पहाडी इकालाका एयरपोर्टहरुमा समेत नियमित विमान सञ्चालन र ठूला विमान समेत उडान हुनु पर्ने बताए।