२०८३ बैशाख १० गते, बिहीबार २०:२२
  • सेनाद्वारा हिमपातमा फँसेका २०० विदेशी पर्यटक सहित १५०० जनाको उद्धार

    मनाङ्ग-नेपाली सेनाले मनाङ्गमा हिमपातमा फँसेका १५ सय जनाको उद्धार गरेको छ। जिल्लको जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकाहरुबाट उनीहरुलाई उद्धार गरिएको सेनाले जनाएको छ।

    कात्तिक १० गतेदेखि भएको भारी हिमपातको कारण विभिन्न स्थानमा फसेका २०० भन्दा बढी बिदेशी पर्यटक सहित करिब १५०० जनालाई मनाङ्गस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले उद्धार गरेको हो।

    उनीहरुलाई स्थानिय प्रशासन, जनप्रतिनिधि, शसस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी तथा स्थानियहरुको सहकार्यमा सुरक्षित स्थानसम्म पुग्न सहयोग गरेको सेनाले जनाएको छ।