
भैरहवा– थाइ एयर एशियाको यो सिजनको दोस्रो उडानमा १६६ जना भैरहवाबाट बैंकक प्रस्थान गरेका छन्। थाइ एयर एशियाले गत आइबारबाट पुन भैरहवा बैंकक उडान थालेको थियो। बुधबार दोस्रो उडान भएको हो।
दोस्रो उडानमा ११ जना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। १६६ जना भैरहवाबाट बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए। विशेष गरि अहिले कामदारको लागि कोरिया जाने यात्रुहरु छन्।
थाइ एयर एशियाले आइतबार र बुधबार गरि सातामा ३ पटक उडान सुरु गरेको छ। गत वर्षको विन्टर सेड्युलमा पनि एयर एशियाले भैरहवामा उडान गरेको थियो।

