२०८३ बैशाख १० गते, बिहीबार २३:४०
  • अक्टोवरमा १ लाख २८ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौं– गत अक्टोवर महिनामा १ लाख २८ हजार ४३३ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिसतले बढि हो। कोभिड अघि सन् २०१९ २०१९ अक्टोवरको तुलनामा ४ प्रतिसत मात्र कम हुन्।

    आन्दोलनपछिको अवस्थामा पनि अक्टोवर महिनामा पर्यटक आगमन राम्रो हो। अक्टोवरको पर्यटक आगमन यो वर्षकै बढि भएको पर्यटन बोर्डले जनाएको छ। अक्टोवरमा सबैभन्दा बढि भारतबाट १७ हजार २९८ पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट १३ हजार २८६, संयुक्त अधिराज्यबाट ८ हजार ७१८, चिनबाट ६ हजार ७५५ र जर्मनीबाट ६ हजार ३६६ पर्यटक नेपाल आएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ।