२०८३ जेष्ठ २६ गते, मंगलवार ०२:२१
  • जनवरीमा साढे ९२ हजार पर्यटक नेपाल आए, कोभिडअघि भन्दा १४ प्रतिसत बृद्धि

    काठमाडौं-सन् २०२६ को जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्ष सोही अवधिको तुलनामा १५ं.७ प्रतिसतले बृद्धि हो। २०२५ को जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रीएका थिए।

    गत जनवरीको विवरणले पर्यटन आगमनमा सुधार भएको देखिएको छ। कोभिड अघि सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए। ७ वर्ष अघिको तुलनामा गत महिना १४ प्रतिसत बढि पर्यटक आएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

    सन् २०२६ को जनवरीमा सबैभन्दा बढि भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका छन्। जुन कुल आगमनको २८.८ प्रतिशत हो । त्यसपछि चीनबाट ९ हजार, संयुक्त राज्य अमेरिकाबाट ८ हजार ४०६, बंगलादेशबाट ५ हजार ८१४ र अस्ट्रेलियाबाट ४ हजार ९५७ पर्यटक नेपाल भित्रिएका छन्।

    क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली मुलुकहरू (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका छन्। त्यसपछि अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक आगमन भएको छ। मध्यपूर्वबाट १ प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका छन् भने अन्य क्षेत्रको हिस्सा ४.५ प्रतिशत रहेको छ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दीपकराज जोशीले अनुसार सन् २०२६ को पहिलो महिनाको तथ्यांकले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालप्रतिको विश्वास क्रमशः मजबुत हुँदै गएको संकेत भएको बताए। पछिल्ला वर्षहरूमा गरिएको गन्तव्य प्रवद्र्धन, हवाई सम्पर्क विस्तार, साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षण र अन्तर्राष्ट्रिय बजारमा नेपालको छवि सुधार हुनु आगमन वृद्धिको प्रमुख कारण रहेको उनको भनाइ छ। यी सकारात्मक तथ्यांकहरूले नेपाललाई ‘लाइफटाइम एक्सपिरियन्स डेस्टिनेसन’ का रूपमा स्थापित हुँदै गएको सीईओ जोशीले बताएका छन्।