२०८३ जेष्ठ ७ गते, बिहीबार ०५:०३
  • इन्धन महंगो हुँदा नेपालगञ्ज-पोखरा उडान स्थगित

    बाँके – नेपालगञ्ज पोखरा उडान स्थगित भएको छ। बुद्ध एयरले विगत ५ वर्षदेखि नेपालगञ्जबाट पोखरा सिधा उडान गर्दै आएको थियो। इन्धनको खर्च बढि भएको र यात्रुको चाप घटेकाले केही समयको लागि उडान स्थगित गरिएको बुद्ध एयरले जनाएको छ। एक महिना लामो मलमास परेकाले भारतीय पर्यटक नआउँदा जहाजका यात्रु घटेको बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहले जानकारी दिए।

    उडान रोकिएपछि पश्चिम नेपालका यात्रु, पर्यटन व्यवसायी र सर्वसाधारण निराश देखिएका छन्। नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० नेपालगञ्जको पहलमा हवाइ सेवा सञ्चालनमा आएको थियो।