
पोखरा- फ्लाई दुबईले पोखरामा उडान गर्नको लागि टिकट बुकिङ खुल्ला गरेको छ। अगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गतेबाट दुबई पोखरा दुबई उडान हुने तय भइसकेको छ। जसका लागि बुकिङ खुल्ला गरेको सो एयरलाइन्सले जनाएको छ।
युएईको दुबईबाट आएको जहाज साँझ सवा ६ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। सवा ७ बजे पोखराबाट दुबईको लागि प्रस्थान गर्नेछ। सुरुवातको ३ दिनको लागि दुबईबाट पोखरा आउन ४० हजार ६७८ रुपैया तोकिएको छ। त्यस्तै पोखराबाट दुबई जान ५७ हजार ४४४ रुपैया भाडादर रहेको छ।
यो फ्लाई दुबईको बुकिङ सिष्टममा विहिवार दिउसो देखिएको विवरण हो। यात्रुको चाप अनुसार समय समयमा भाडादर घटबढ भइरहन्छ। नियमित हवाइ सेवा सञ्चालन हुने भएपछि पोखराको पर्यटन क्षेत्र यतिबेला उत्साहित भएको छ।

