२०८३ असार ३० गते, मंगलवार ०५:१७
  • सीटी क्याम्पस बीटीटीएमका विद्यार्थीद्वारा नुवाकोट पदमार्गको अध्ययन

    बुटवल-लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत सीटी क्याम्पस बुटवलका विद्यार्थीहरुले नुवाकोट पदमार्गको अध्ययन तथा सरसफाइ कार्यक्रम गरेका छन्। क्याम्पसमा व्याचलर इन ट्राभल एण्ड टुरिजम बीटीटीएम पढ्ने विद्यार्थीहरुले पहिलो दिन बुटवलबाट नुवाकोट पदमार्ग गरेका हुन्। अर्को दिन नुवाकोट क्षेत्र र पदमार्गमा सरसफाइ गरेका थिए। पर्यटन समाज सीटी क्याम्पसको आयोजनामा भएको कार्यक्रममा बीटीटीएमका दोस्रो र चौथो सेमेष्टरका विद्यार्थी सहभागी थिए।

    प्रयोगात्मक अध्ययन, सामाजिक कामसँगै गन्तव्यको प्रवद्र्धनको लागि पदयात्रा तथा सरसफाइ कार्यक्रम राखिएको समाजकी अध्यक्ष पवित्रा नेपालीले बताइन्। कार्यक्रममा विद्यार्थीहरु उत्साहपूर्वक सहभागी भएको सीटी क्याम्पसकका साहायक प्राध्यापक अरुण सिंहले जानकारी दिए। यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुले गन्तव्यहरुबारे जानकारी हुनुका साथै पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने उनको उल्लेख गरे।