२०८३ भाद्र ४ गते, बिहीबार १६:४१
  • नेपाल एयरलाइन्सले ‘बेस ट्रेनिङ फ्लाइट’को लागि किन रोज्यो भैरहवा एयरपोर्टलाई ?


    भैरहवा– गत साउन २७ गते नेपाल वायु सेवा निगमको एउटा जहाज भैरहवा आएर पाइलटहरुलाई तालिम तालिम गराएको थियो। बेस ट्रेनिङ फ्लाइट बारे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि विज्ञप्ती निकालेर जानकारी गराएको थियो। निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एउटा अपरेटिङ बेस राख्ने तयारी स्वरुप तालिम सञ्चालन गरेको विमानस्थलको विज्ञप्तीमा उल्लेख थियो।

    भैरहवामा गरिएको बेस ट्रेनिङ फ्लाइट बारे हामीले नेपाल बायुसेवा निगमकी प्रवक्ता अर्चना खड्कालाई सोधेका थियौं। उनले नयाँ पाइलटहरुको लागि बेस तालिम दिनुपर्ने त्यसको लागि भैरहवामा अभ्यास गराइएको बताइन्। नयाँ को-पाइलटहरुलाई बेस तालिम दिनुपर्ने रहिछ। पहिले पहिले हामीले काठमाडौं एयरपोर्टमै दिने गरेका थियौं। प्रवक्ता खड्काले भनिन् अहिले यहाँको एयरपोर्ट निकै व्यस्त र हेबी ट्राफिक भएकाले भैरहवा एयरपोर्टमा गरेका हौं।’

    आगामी दिनमा पनि यस्ता तालिम र अभ्यास भैरहवामै गरिने उनले जानकारी दिइन्। खड्काले भैरहवामा निगमको नियमित उडानको तय नभइसकेको बताइन। नियमित उडानको निर्णय भएमा एयरलाइन्स्ले जानकारी गराउने उनको भनाइ छ।