२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली

    लुम्बिनी– लुम्बिनी होटल संघको अध्यक्षमा लागि पुन गोविन्द ज्ञवाली चयन भएका छन्। संघको तेस्रो अधिवेशनबाट दुई वर्षे कार्यालकालको लागि ज्ञवाली निर्विरोध निर्वाचित भएका हुन्।

    संघको वरिष्ठ उपाध्यक्षमा लिलामणि शर्मा, उपाध्यक्षमा शेखर कार्की, महासचिव पुरुषोत्तम अर्याल, कोषाध्यक्ष किरण प्रसाल कण्डेल, सचिव भुपेन्द्र गुरुङ्ग र सह कोषाध्यक्षमा पुष्पाखर न्यौपाने निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत प्रख्यात बन्जाडेले जानकारी दिए।

    यस्तै सदस्यमा टीका कुमारी कट्टेल, पदमा न्यौपाने, दिपक पङेनी, एकराज कण्डेल (सागर), कृष्ण बहादुर, जगत थापा, धिरज भण्डारी र प्रदिप भट्टराइ निर्वाचित भएका छन।