२०८१ आश्विन २१ गते, सोमबार १३:०९
  • विश्व पर्यटन दिवसमा पोखरामा सडक महोत्सव, पुम्दीकोटसम्म पदयात्रा

    पोखरा विश्व पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ। दिवसका दिन लेकसाइडमा मिनि सडक महोत्सव आयोजना हुने भएको छ। रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा बाराहीचोकदेखि खहरे चोकसम्म साँझ ५ बजेदेखि मिनी सडक महोत्सव आयोजना गरिने भएको हो। ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले स्वदेशी एवम् विदेशी पर्यटकलाई पोखरा भित्र्याउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।
    दिवसको अवसरमा पोखरामा अन्य कार्यक्रम पनि हुँदैछन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको जानकारी दिए। पर्यटन दिवसका दिन नाट्टा गण्डकी प्रदेशको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम गरिने छ।

    पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सङ्घसंस्थाको आयोजनामा पोखरा अन्तरराष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिए।

    पोखरा पर्यटन परिषद्को आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम गर्न लागिएको दिवसका अन्य कार्यक्रमहरु समेत हुँदैछन्।
    भारतबाट भारतीय टुर अपरेटर र सञ्चारकर्मीहरू पोखरा आउन लागेको जानकारी दिँदै उनले उक्त अवसरमा विशेष अतिथिका रुपमा भारतीय राजदूत नवीन श्रीवास्तव आउने श्रेष्ठले बताए।

    दिवसका पूर्वसन्ध्यामा २६ सेप्टेम्बरमा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीको आयोजनामा पोखराको मार्गीदेखि पुम्दीकोटसम्मको गन्तव्य पहिचान, प्रवद्र्धन एवम् एक दिवसीय पदयात्रा कार्यक्रम गर्न लागिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए। मार्कीबाट पर्यटन व्यवसायी, स्वदेशी एवम् विदेशी पर्यटकसहित करिब एक सय ५० जनाको टोलीले सिम्ले, पात्ले हुँदै पुम्दीकोटसम्म पदयात्रा गर्ने उनले बताए ।