२०८१ आश्विन २१ गते, सोमबार ०९:१८
  • बुटवलमा महाआरती साँझको रमझम (तस्वीरहरु)


    बुटवल-विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा बुटवलमा महाआरती सम्पन्न भएको छ। नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको आयोजनामा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ गोलपार्क स्थित दुर्गा मन्दिर परिसरमा मंगलबार साँझ महाआरती भएको हो। दुर्गा मन्दिरको प्रांगणमा करिब आधा घण्टा महाआरती कार्यक्रम चलेको थियो। महाआरती सहित चलेको भजनमा भक्तजनहरु नाचेका थिए।

    महाआरती अघि आयोजित कार्यक्रममा नाट्टा लुम्बिनीकी अध्यक्ष रचना पन्तले बुटवललाई सांस्कृतिक रुपमा समेत पर्यटन प्रवद्र्धन गर्न महाआरती कार्यक्रमको आयोजना गरेको बताइन्। उनले अन्य संघ संस्थाहरुबाट पनि महाआरती हुन आवश्यक रहेको उल्लेख गरिन्।

    नेपालका प्रथक जगत गुरु ‘अनन्त श्री’ विभूषित मोहन शरण देवाचार्यले तिलोत्तमा नदिको विशेष महत्व रहेको भन्दै यससँग जोडिएर धार्मिक तिर्थालु तथा भक्तजनलाई आकर्षित गर्नेगरी महाआरतीको कार्यक्रम हुनु आफैमा पुण्यको काम भएको उल्लेख गरे।


    बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले भोलिको समुन्नत नेपाल र हाम्रो पुस्ताको लागि पनि सांस्कृतिक पक्षलाई बचाउन आवश्यक भएको बताए। उनले भक्तजनहरुको भिडले बुटवलमा साँच्चीकै आरती केन्द्र आवश्यक भएको महसुस भएको उल्लेख गरे।
    कार्यक्रममा बुटवलकी उप प्रमुख सावित्रादेवी अर्यालले बुटवलमा रहेका धार्मिक क्षेत्र र तिनको पहिचानसहित जोड्न सकेमा धार्मिक पर्यटन भित्राउन सकिने उल्लेख गरिन्। महाआरती पछि शिव ताण्डम नृत्य समेत देखाइएको थियो।