२०८१ आश्विन २१ गते, सोमबार ११:०२
  • चीनको भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्ड कैलाश–मानसरोवरमा

    काठमाडौँ -चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कैलाश पर्वत र मानसरोवर पुगेका छन्।
    बुधवार तिब्बतको ल्हासा गएका प्रचण्ड त्यहाँको गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश पर्वतको भ्रमणका लागि पुगेका हुन्। मानसरोवर ताल र कैलाशको दर्शन गरेर विहिवार उनी त्यहीँ बस्नेछन् ।

    गएको शनिवारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रचण्ड भोलि ल्हासा फर्कने बेलुका सिचुआन प्रान्तको राजधानी छेन्दु पुग्नेछन्। पर्सि शनिवार प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कने कार्यक्रम छ।