२०८१ आश्विन २१ गते, सोमबार १५:१९
  • ‘स्पार्क एड्भेन्चर’ अन्तर्गत २०० बढी सहभागी शैलुङमा

    काठमाडौँ -‘स्पार्क एड्भेञ्चर २०२३’ सूरु भएको छ। दोलखा र रामेछापको सिमानाको पर्टकीय क्षेत्र शैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले एड्भेञ्चर सुरु गरेको हो। बिहीबार बिहान धुलिखेलमा पञ्चेबाजासहित स्पार्क एडभेञ्चरको शुभारम्भ गरिएको थियो। उद्घाटनभए सँगै २०० जना बढी शैलुङ प्रस्थान गरेका थिए। शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो।

    सय थुम्काहरूको संगम शैलुङ धार्मिक क्षेत्र समेत हो। यस्तै यस्तै प्रकृति र पर्यावरणको उत्तम संगम रहेको शैलुङ पर्यटकीय हिसावले पनि निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ। शैलुङको पर्यटन प्रवर्द्धन गरि यहाँको प्रकृति र विशेषताहरूलाई एक्स्प्लोर गर्न शैलुङलाई छानेका छानेको स्पार्क ग्रुपका जनरल म्यानेजर पदम पराजुलीले बताए।

    प्रचुर पर्यटकीय संभावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार प्रसारको लागि कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवम् लब्धप्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयले स्वागत गरेका थिए ।

    त्यहाँको स्थानीय परिकारको स्वाद लिई टोली शैलुङ पुगेको छ। शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिएको थियो । टोलीले हिजो साँझ स्थानीय परिकारको खाना खाएर करिब ३५ मिनेट पैदलयात्रा गर्दै क्याम्पिङ टेन्टमा रात विताएको छ।
    कार्यक्रममा क्याप्टेन बिजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्री लगायतका कलाकार सहभागी छन्।

    कार्यक्रम संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने ३ दिने कार्यक्रममा लोक गायक प्रेम राजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिशागर, डा रन्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला लगायतको सहभागिता छ ।