२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • सेप्टेम्बरमा मात्र ९१ हजार पर्यटक नेपाल आए

    काठमाडौँ – सन २०२३ को सेप्टेम्बर महिनामा मात्र ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक आएका थिए। यो कारोना काल अघिकै हाराहारी दर हो। कोभिड अघि सन् २०१९ को सेप्टेम्बरमा मा ९२ हजार छ सय चार पर्यटक नेपाल नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ।

    गत सेप्टेम्बर महिनामा सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बङ्गलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन् ।

    नेपालमा पर्यटकीय सिजन सुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ। बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महिनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए। सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएको अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले जनाएको छ ।