२०८१ आश्विन २१ गते, सोमबार ११:०५
  • राष्ट्रसंघका महासचिव गुटेर्रस मंगलबार विहान लुम्बिनी आउने

    काठमाडौँ -चारदिने भ्रमणका क्रममा नेपाल आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रस मंगलबार लुम्बिनी आउने भएका छन्। गयराती गुटेर्रस काठमाडौँ आइपुगेका हुन्। उनी आइतबार भेटघाट र सोमबार नाम्चे, पोखरा र अन्नपूर्ण आधारसिविर जानेछन्। कार्तिक १४ गते मंगलबार गुटेर्रसलाई स्वागत गरिने लुम्बिनी विकास कोषले जनाएको छ।

    गुटेर्रसको भ्रमणको सम्बन्धमा लुम्बिनी विकास कोषले शनिबार सरोकारवालाहरुसँग बैठक गरेको छ। कोषका उपाध्यक्ष, डा। ल्हारक्याल लामाको अध्यक्षतामा बसेको बैठकले कार्तिक १४ गते विहान हुने राष्ट्रसंघका महासचिवको भ्रमणलाइ भव्य बनाउने निर्णय गरेको हो। महासचिव गुटेर्रसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संगै लिएर आउनेछन् । महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने विश्वास गरिएको छ ।