२०८१ आश्विन २१ गते, सोमबार ११:०१
  • ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु’

    लुम्बिनी-संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिको वाटो अवलम्बन गर्न युद्धरत मुलुकहरुलाई आग्रह गरेका छन्। इजरायल, प्यालेस्टाइन, सुडानलगायत देशमा भएको द्वन्द्वले विश्व समुदाय पिडित भएको भन्दै उनले द्वन्द अन्त्य गरि शान्तीको बाटोमा आउन आह्वान गरे। बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकनपछि मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु,’ उनले भने।

    बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उनले खुसी व्यक्त गरे। बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दो जुल्दो रहेको भन्दै गुटेरेसले भने यो शान्तिको मुहानबाट सबैले सिकौँ, लुम्बिनी घुमौं ।’

    चार दिने नेपाल भ्रमणको क्रममा राष्ट्रसंघका महासचिव गुटेरेस मंगलबार लुम्बिनी आएका हुन्। पोखराबाट लुम्बिनी पुगेका उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए। उनको स्वागतमा लुम्बिनीका पर्यटन व्यवसायी, स्थानीय आमा समूह र विभिन्न जातीय संस्कृति सहितका स्थानीय सहभागी थिए।