२०८१ आश्विन २१ गते, सोमबार ०९:०६
  • महोत्सवले सैनामैनामा पर्यटकीय वातावरण बन्नेछ, व्यवसायीहरुलाई लगानीका लागि आह्वान गर्छौं


    प्रेम बहादुर खड्का
    सैनामैना उद्योग बाणिज्य संघले छैटौ राष्ट्रिय सैनामैना कृषि पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सव सुरु गर्दै छ। ‘आर्थिक विकासका राष्ट्रिय आधार, कृषि, पर्यटन, उद्योग, र व्यापार’ भन्ने मुल नाराका साथ आज मंसिर ६ गतेबाट १७ गतेसम्म सैनामैना ३ मुर्गियाको दुर्गा मन्दिर परिसरमा महोत्सव सञ्चालन गर्दैछौ।

    आर्थिक मन्दिका कारण अहिले उद्योग व्यवसायहरु संकटमा छन्। हामीले गर्न लागेको महोत्सवले त्यसको समस्या समाधानमा केही सघाउ पुर्याउँछ भन्ने आशा गरेका छौं।लुम्बिनी नजिक भएकाले सैनामैना पनि पर्यटकीय सम्भावना भएको ठाउँ हो। यहीँ मुर्गिया बजारमा लुम्बिनी जाने प्रवेशद्वार पनि छ। त्यही प्रवेशद्वारको सामुन्ने हामीले औद्योगिक व्यापार महोत्सव गरिरहेका छौं।
    लुम्बिनीमा निर्माण भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमास्थल पूर्ण रुपमा सञ्चालन भएमा लुम्बिनी आएका पर्यटकहरुलाई सैनामैनामा ल्याउन सकिन्छ।

    सैनामैना राम्रो पर्यटकीय सम्भावना भएको ठाउँ हो। पश्चिमको पशुपतिनाथ मानिने पर्रोहा परमेश्वर बोलबम धाम यही छ। साउनमा मात्र ठूलो संख्यामा भक्तजनहरु आउनुहुन्छ। अहिले बोलबम धाममा भब्य मन्दिर पनि तयार भएको छ। अन्य पूर्वाधार पनि बन्दै छ। साउन बाहेक अरु समयमा पनि हामीले धार्मीक पर्यटकहरु आकर्षित गर्न सक्छौं।सैनामैनामै बुद्धकालिन ऐतिहासिक रानीकुवा छ। त्यस्तै मलमला मन्दिर, भैरबस्थान, मलमल चौराबाबा, महेराबादेवी, बोलबम पर्यटकीय पार्क, जलैया सिमसार लगायतका स्थलहरुको छन्। महोत्सव मार्फत यी ठाउँहरुको पनि प्रचार प्रसार गर्दैर्छौ। हाम्रो नगरमा थारु होम स्टे पनि छ। होमस्टेमा पर्यटकहरुलाई एक दिन बसालेर सांस्कृतीक प्रस्तुती दिन सकिन्छ।

    महोत्सवको अवसरमा हामीले पर्यटनलाई जोडेर एउटा कार्यशाला गोष्ठी गर्दैछौं। सैनामैना महोत्सव र गोष्ठीले यहाँ एउटा राम्रो पर्यटकीय वातावरण बन्छ भन्ने हामीले विश्वास लिएका छौं। त्यसैले यहाँका उद्योगी व्यवसायीहरुलाई पर्यटन क्षेत्रमा लगानी गर्न हामीले आह्वान गर्छौं। सैनामैनाका पर्यटकीय स्थलहरुलाई समेटेर हामीले महोत्सवमा फोटो प्रदर्शनि पनि राखेका छौं।

    महोत्सव मार्फत कृषि र स्थानिय उत्पादनलाई पनि जोड दिएका छौं । सैनामैना कृषि उत्पादनमा राम्रो ठाउँ हो। यहाँका कृषि उत्पादन बुटवल लगायनतका अन्य शहरहरुमा जाने गरेको छ। मह, दुध, मासुमा सैनामैना आत्मनिर्भर पनि छ। व्यवसायीक कृषिलाई अझ प्रवद्र्धन गर्नुपर्ने छ। महोत्सव मार्फत नयाँ नयाँ कृषि प्रवृधिहरुको बारेमा कृषकहरुलाई जानकारी पनि दिने हाम्रो प्रयास हुने छ। स्थानियका कृषि उत्पादनहरु उद्योगका उत्पादन स्टलमा ल्याएर प्रदर्शन गर्ने हामीले व्यवस्था मिलाएका छौं।
    महोत्सवमा हामीले २ सय बढि स्टलको व्यवस्था गरेका छौं। कृषिको लागि निशुल्क २० वटा स्टल रहने छन्।

    सैनामैनामा औद्योगिक व्यवसायलाई प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रमहरु पनि महोत्सवमा रहेका छन्। सैनामैना व्यापार महोत्सवमा हामीले युवा उद्यमशिलता गोष्ठी र युवा उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दैछौं। सैनामैना औद्योगिक ग्राममा उद्योग स्थापना गर्न सैनामैना नगरपालिकाको समन्वयमा लगानी सम्मेलन कार्यक्रम पनि हुने छ। बैंक तथा लगानीकर्ताका साथै व्यवसायीहरुबीच बर्तमा व्याजदरको बारेमा अन्तरक्रिया कार्यक्रम पनि गर्दैछौं।

    सैनामैना औद्योगिक व्यापार महोत्सवमा उपभोक्ताले स्थानिय तहमै सकेसम्म सस्तोमा विभिन्न सामानको खरिद विक्री गर्ने अवसर पाउने छन्। महोत्सवले व्यवसायीबीच भाइचाराको सम्बन्ध विस्तार हुन्छ। उपभोक्ताहरुको प्रत्यक्ष सम्पर्कमा उपभोग्य सामान विक्रि वितरण हुने हुनाले उत्पादनमा सम्बन्धमा प्रतिक्रिया बुझ्ने अवसर पनि प्राप्त हुन्छ। यो पटकको महोत्सवमा भजन प्रतियोगिता अर्को आकर्षणको रुपमा रहने छ। दुर्गामन्दिर परिसरमा महोत्सव गर्ने भएकाले यहाँको धार्मिक महत्व बढाउन भजन प्रतियोगिता गर्न लागेका हौं। दैनिकजसो स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, डान्सीङ आइडल मम्मी डान्स प्रतियोगिता लगायतका कार्यक्रम पनि हुने छन्।

    यस्तै स्थानिय कलाकारहरुद्वारा सिर्जित मूर्तिकला तथा हस्तकला प्रतियोगिता महोत्सवमा हुनेछ। सैनामैनाका आदिबासीहरुको रहनसहन भेषभुषा प्रदर्शनि, विभिन्न जातजातीका मौलिक परिकारको स्वाद पनि महोत्सवमा लिन पाइँछ। १२ दिनको महोत्सव अवधिमा अवलोकन कर्ताहरुलाई भरपुर मनोरञ्जन, व्यवसायीक जानकारी प्रदान र सैनामैनाको पहिचानलाई थप उजागर गर्ने प्रयास गर्ने छौं।

    (कुराकानीमा आधारित)