२०८१ आश्विन २१ गते, सोमबार ११:०७
  • पर्यटन पढ्ने कालिकाका विद्यार्थीद्वारा देवदह क्षेत्रको अवलोकन

    बुटवल-बुटवलको कालिका मानवज्ञान माविमा पर्यटन विषय अध्ययन गर्ने विद्यार्थीहरुले देवदहको पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन्। घुमौं लुम्बिनी, चिनौ लुम्बिनी कार्यक्रम अन्तर्गत कालिकाका विद्यार्थी बुधबार देबदह पुगेका हुन्। देबदह गौतमबुद्धको मावली क्षेत्र हो।

    विद्यार्थीहरुले बुद्धको मावली भवानीपुर, सित्तलनगरमा रहेको राष्ट्रिय मुर्तिकला पार्क, दाउन्नेमा रहेको काष्ठकला पार्क, रोहिणी लगायतका स्थानहरुको भ्रमण गरेको कालिकाका शिक्षक युवराज कंडेलले जानकारी दिए। भ्रमणको क्रममा विद्यार्थीहरुले देवदहको पर्यटकीय सम्भावना र समस्याहरुका बारेमा अध्यन गरेका थिए।