२०८१ आश्विन २१ गते, सोमबार १०:५९
  • अब अनलाईनबाटै नेपाल एयरलाइन्सको टिकट

    काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानको पनि अनलाईन टिकट लिन सकिने व्यवस्था गरेको छ । एयरलाईन्सले शुक्रबार विज्ञप्ती जारी गर्दै यात्रुको सहजताका लागि इ–सेवाबाट अनलाइन टिकट लिने पाउने व्यवस्था गरेको हो।

    अन्तर्राष्ट्रिय उडानका लागि निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकट लिन सक्ने जनाएको छ।

    त्यस्तै, निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राख्दै पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारी समेत गरेको बताएको छ।

    केही साताअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निगमको टिकट वितरणलाई अनलाइन बनाउन निर्देशन दिएका थिए।