२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • भैरहवा र पोखराबाट अन्तराष्ट्रिय उडान गर्ने विमानको लागि सहुलियत

    इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत पाउने

    काठमाडौँ -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने विमानलाई विभिन्न कुराहरुमा सहुलियत दिने बताएका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै प्रचण्डले दुई विमानस्थलबाट अन्तराष्ट्रिय उडान गर्ने विमानले इन्धन, टर्मिनल, ग्राउण्ड ह्याण्डलिङ र अन्य सेवा शुल्कमा सहुलियत पाउने जानकारी दिए। ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्‍चालनमा आएका छैनन्।

    भैरहवाबाट साना विमानबाट अन्तराष्ट्रिय उडानको पहल भएको प्रचण्डले सुनाए। ‘भैरहवा अन्तर्राष्‍ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्‍चालनको पहल पनि भइरहेको छ।’ उनले भने।

    जगढ विमानस्थलको समेत निर्माण सुनिश्‍चित गरिने प्रचण्डको भनाइ छ। काठमाडौं, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्‍चालन पनि सार्वजनिक(निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पमा समेत छलफल भएको प्रचण्डले जानकारी दिए।