२०८१ आश्विन २१ गते, सोमबार ११:०४
  • पर्यटन मन्त्री किराँतीद्वारा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निरिक्षण

    ‘भारतसंग रूटका लागि प्रधानमन्त्री तहबाट कुटनितिक पहल हुन्छ’


    लुम्बिनी -सस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले आइतबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन ।
    निरीक्षणपछि सञ्चारकर्मिसंग कुरा गर्दै उनले गौतमबुद्व विमानस्थलबाट तत्काल नेपाल एयरलायन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताए । अहिले रोकिएको उडान सुचारू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने बिषय उठेकाले यसलाई गौतमबुद्ध विमननस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने उनको भनाइ छ ।

    मन्त्री किराँतीले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसंग रूटका लागि प्रधानमन्त्री तहबाट कुटनितिक पहल गर्ने जानकारी दिए।
    ुप्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थल सञ्चालनका लागि रूटका बिषय मुख्य अजेन्डामा पर्छ, श्रीलकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छु उनले भने ।

    निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकि नराख्न निर्देशन दिए । उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गरे । उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूविच समन्वय गरेर अगाडि बढदा धेरै समस्या हल हुने बताए । मन्त्री भएपछि पटक विमानस्थल आएका मन्त्री किराँती समक्ष विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउदा उडान रोकिएको बताउदै सञ्चालनका लागि निजि क्षेत्र, स्थानिय सरकार र प्रदेश सरकारसंग पनि छलफल गरिएको बताए ।
    मन्त्री किराँतीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए ।