२०८१ आश्विन २१ गते, सोमबार ०९:१२
  • पाँचौ बुटवल सडक खाना महोत्सव सुरु

    रुपन्देही पर्यटकीय हबको रुपमा विकास हुदैँछ : घिमिरे


    बुटवल –बुटवलमा सडक खाना महोत्सव सुरु भएको छ। होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको आयोजनामा पाँचौ बुटवल सडक खाना महोत्सव २०८० सुरु भएको हो। महोत्सवको उद्घाटन गर्दै रुपन्देही पर्यटकीय हब बन्दै गएको उल्लेख गरे। रुपन्देहीमा हालको पर्यटकभन्दा दोब्बर संख्या भित्रिदा समेत थेग्न सक्ने स्तरका होटलको क्षमता रहेको दाबी गरे । उनले खाना महोत्सवको ईतिहास धेरै पुरानो भएको भन्दै मानव विकासको क्रमसंगै करीब १० हजार वर्षअघि ग्रिसबाट यसको प्रचलन सुरु भएको बताए।

    लुम्बिनी सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनीको विकास देशकै मोडल भएको भन्दै अब ब्यवस्थापन जरुरी रहेको धारणा राखे।प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री देशमा भित्रिने पर्यटनलाई प्रशासनबाट सडक सडकमा दिईने हैरानी रोक्नु आजको आवश्यकता भएको बताए ।

    प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले बुटवललाई पहिचान दिलाउने रुपमा मेला महोत्सव भएको बताए।कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले बुटवलको मेला, सडक महोत्सव एउटा मोडेलका रुपमा रहेको भन्दै यहाँ पर्यटकको कमी नभएको धारणा राखे।कार्यक्रममा कार्यक्रममा संघका बरिष्ठ सल्लाहकार माधव नेपाल, वरिष्ठ उपाध्यक्ष माधव खनाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले ब्यवसाय प्रवद्र्घनमा मेलामहोत्सव महत्वपूर्ण हुने भन्दै यसको निरन्तरता जरुरी रहेको उल्लेख गरे।

    आयोजक होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले जातजातीको संस्कृति पहिचान हुने गरी सडक खाना महोत्सव आयोजना गरेको बताए। सुस्ताएको होटल ब्यवसायलाई उकास्न थोरै भएपनि सहयोग मिल्नेमा आशावादी रहेको उनले सुनाए ।

    यसैबिच ईटलीबाट फ्रेन्सेसको, लुकिया र जापानकी मानमी टुस टियम लगायत बाह्य पर्यटकहरुलाई सम्मान गरिएको छ। दिउँसो निकालिएको जनचेतनामुलक र्यालीमा सहभागीमध्ये नेवा समाज अर्घाखाँची उत्कृष्ट बन्दै प्रथम नगद १५ हजार रुपैयाँ र प्रमाणपत्रबाट पुरस्कृत भएको छ।

    कालिकापथ सडक अन्तर्गत तिनकुने देखी बसपार्कसम्मको क्षेत्रमा एक सय स्टलहरुमा विभिन्न जाती र संस्कृतिका पहिचान झल्किने खानाका परिकारहरु राखिएका छन्। महोत्सवमा सांस्कृतिक र सांगितीक प्रस्तुतीहरु समेत रहेको छ।