२०८१ आश्विन २१ गते, सोमबार ११:०६
  • मर्दी पदयात्रामा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन

    पोखरा-मर्दी पदयात्रामा गएका एक जना विदेशी पर्यटक सम्पर्कविहिन भएका छन्। शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएको माछापुच्छ्रे गाउँपालिका(८ का वडाध्यक्ष राम गुरुङले जानकारी दिए।

    २४ घण्टा भन्दा बढी समयदेखी सम्पर्कविहिन भएपछि उनको खोजी कार्य तिब्र पारिएको छ।
    गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएको र आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि पोखराबाट प्रहरीको टोली विहानै मर्दी बेसक्याम्प तर्फ हिंडेको छ।