२०८१ आश्विन २१ गते, सोमबार ११:१०
  • ग्राहकहरुलाई परम्परागत परिकार चखाउँदै पौवाले मनायो माघेसक्रान्ति र माघी

    बुटवल – होटल पौवाले माघेसक्रान्ति तथा माघी पर्व मनाएको छ। पर्वको अवसरमा तिलोत्तमाको योगिकुटीमा रहेको पौवा परिसरमा माघी विशेष परिकारहरु आफ्ना ग्राहकलाई चखाएको थियो। विहान ११ बजेबाट अपरान्हसम्म भएको कार्यक्रममा हजार जना जतिले माघी विशेष परिकारको स्वाद लिएको पौवाका व्राण्ड प्रमुख विष्णु भण्डारीले जानकारी दिए। सो अवसरमा खिचडी, अचार, चाकु, ढिक्रि, तिलको लड्डु, तरुल, शखर खण्डा, केराको अचार लगायतका परिकारहरु राखिएको उनले बताए।

    कार्यक्रममा विभिन्न पर्यटनसँग सम्बन्धित सरोकारवाला, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, व्यवसायी र ग्राहकहरुको सहभागीता थियो। शहरी क्षेत्रमा रहेकाहरुलाई परम्परा र संस्कृती महत्व दर्शाउन माघि विशेष कार्यक्रम गरेको भण्डारीको भनाइ छ। माघी र माघे संङघ्रान्तीको अवसरमा पौवाले आफ्ना देशभरका १२ वटै शाखामा पौवा माघी उत्सव मनाएको छ।